काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्ने भएका छन्। भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई अर्थमन्त्री वाग्लेले शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ। सीआईआई अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी