काठमाडौं । जेलमा रहेका कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का नेता अब्दुल्लाह ओजालानलाई पीकेकेको निशस्त्रीकरण र विघटन प्रक्रियाको अनुगमन गर्ने प्राविधिक समन्वयकर्ताको भूमिका दिइने टर्कीका एक वरिष्ठ अधिकारीले बताएका छन् । टर्कीका राष्ट्रपतीय प्रमुख सल्लाहकार मेहमेत उचुमले बिहीबार अंकारामा पत्रकारहरूसँग कुरा गर्दै ओजालानलाई हालै गठन गरिएको राज्यस्तरीय उपसमितिमा सहभागी गराइने जानकारी दिएका हुन् । निजी प्रसारक एनटीभीकाअनुसार