ग्रिनल्याण्डको सुरक्षा नियन्त्रण अमेरिकालाई दिने सम्झौता भएको ट्रम्पको दाबी

  • शनिबार ३ असो २०८३ ०३:३७ AM
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डको सुरक्षा तथा अन्य आवश्यकतासम्बन्धी विषयमा अमेरिकालाई स्थायी नियन्त्रण दिने गरी डेनमार्क र ग्रिनल्याण्डसँग सम्झौता भएको दाबी गरेका छन् । ट्रम्पले शुक्रवार सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफूले दिएको निर्देशनअनुसार डेनमार्क र ग्रिनल्यान्डका प्रतिनिधिसँगको सहकार्यमा अमेरिकाले ग्रिनल्याण्डमा आवश्यक कदम चाल्न सधैँ पूर्ण क्षमता सुनिश्चित गर्ने सम्झौता गरेको बताएका हुन् ।