काठमाण्डु – अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट सृजित अवस्थाका बारेमा विश्व समुदायलाई जानकारी गराइने बताएका छन् । नयाँदिल्लीमा रहेका मन्त्री वाग्लेले भारतीय सञ्चारमाध्यम एएनआइसँग कुरा गर्दै नेपालमा आएको बाढी तथा पहिरो जलवायु परिवर्तनका कारण उत्पन्न भएको बताउँदै यस विपत्तिबारे विश्व समुदायलाई जानकारी गराउने नेपाल सरकारले तयारी गरिरहेको बताए । मन्त्री