काठमाडौं । भोटेकोशीमा आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र भरणपोषणमा एमआइटी फाउन्डेसनले रु ५७ करोड ८५ लाख प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा शुक्रबार आयोजित सङ्क्षिप्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव दुर्गाप्रसाद चालिसे र फाउन्डेसनका अध्यक्ष शेष घलेले हस्ताक्षर गरे । समझदारीअनुसार बाढीबाट प्रभावित १८ वर्षमुनिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्काउने, शिक्षा, स्वास्थ्य, पोषण