बाँदर छल्न भोजपुरका किसानको रोजाइमा घरतरुल खेती

  • शनिबार ३ असो २०८३ ०१:३८ AM
भोजपुर । जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका रूपमा घरतरुल खेतीलाई रोज्न थालेका छन् । जमिनमुनि फल्ने भएकाले बाँदर तथा अन्य वन्यजन्तुबाट सुरक्षित हुनुका साथै थोरै मिहिनेतमा राम्रो आम्दानी लिन सकिने भएपछि यहाँका किसानको आकर्षण घरतरुलतर्फ बढेको हो । मकै, कोदो, आलु जस्ता परम्परागत बाली बाँदरले सखाप पारेर हैरान बनाएपछि कतिपय किसानले