कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेर यातायात सेवा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ । गत साउन २८ गतेको बाढीले बिरेठाँटीमा १०० मिटर पक्की सडक बगाउँदा अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ (साविक दाङसिङ र घान्द्रुक गाविस) मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सडक सम्पर्कबाट विच्छेद भएका थिए । ती वडालाई जोड्ने