कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • शनिबार ३ असो २०८३ ०१:२० AM
हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। देशभर कोशी, लुम्बिनी, कर्णाली, सुदुृृपश्चिम प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल र बांँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भैरहेको छ।