संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले संविधान संशोधन गर्नुअघि संविधानका प्रावधानहरू कति कार्यान्वयन भए र कार्यान्वयन हुन नसक्नुको कारण संविधान हो वा सरकार भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताएका छन् । नेपालको संविधान जारी भएको एक दशक पूरा भएको सन्दर्भमा गरिएको विशेष संवादमा अधिकारीले संविधान संशोधनको प्रक्रिया सरकारले औपचारिक रूपमा अघि बढाउनुपर्ने बताए । उनका