काठमाडौँ । सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको पारिश्रमिक तथा अन्य सुविधा बढाएको छ । मुलुक भोटेकोसी बाढीलगायतका विपद्को चपेटामा परिरहेका बेला सरकारले प्राधिकरणका कार्यकारी प्रमुखको तलब तथा केही सुविधा बढाएको हो । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम १७ को उपनियम १ ले दिएको अधिकार प्रयोग गरी नियमावलीको अनुसूची-१ संशोधन गर्दै कार्यकारी प्रमुखको पारिश्रमिक तथा अन्य सुविधा बढाएको गृह सचिव केदारनाथ शर्माले जानकारी दिए । उनका अनुसार नियमावलीको अनुसूची-१ मा यसअघि कार्यकारी प्रमुखको पारिश्रमिक ७२ हजार ८२ रुपैयाँ रहेकोमा ७ हजार २०८ रुपैयाँ बढाएर ७९ हजार २९० रुपैयाँ पुर्याइएको छ । यस्तै, मासिक महँगी भत्ता यसअघि २ हजार रुपैयाँ रहेकोमा ३ हजार रुपैयाँ बढाएर ५ हजार रुपैयाँ पुर्याइएको छ । चाडपर्व खर्चसमेत वार्षिक ७२ हजार ८२ रुपैयाँबाट बढाएर ७९ हजार २९० रुपैयाँ पुर्याइएको छ । बाँकी सञ्चार खर्च, इन्धन सुविधा, पोसाक भत्ता, दैनिक भ्रमण भत्ता तथा यात्रा बिमा भने यसअघिकै कायम राखिएको छ । नियमावलीअनुसार कार्यकारी प्रमुखले मासिक २ हजार रुपैयाँ सञ्चार खर्च, मासिक १२५ लिटर इन्धन र त्रैमासिक ५ लिटर मोबिल सुविधा पाउँदै आएका छन् । यस्तै, वार्षिक १० हजार रुपैयाँ पोसाक भत्ता, दैनिक भ्रमण भत्ता स्वदेशमा दुई हजार पाँच सय रुपैयाँ र विदेशमा २२५ अमेरिकी डलर तथा प्रचलित कानुनबमोजिम पटके यात्रा बिमाको १० लाख रुपैयाँ बराबरको प्रिमियम खर्च पाउने व्यवस्था छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अहिले कार्यकारी प्रमुखका रूपमा डा