प्रभु बैंकद्वारा पहेंलो गुम्बामा ६ थान बंक बेड हस्तान्तरण

  • शुक्रबार​ २ असो २०८३ ०३:२५ PM
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंस्थित पहेंलो गुम्बालाई ६ थान दुई तल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको छ। देशका विभिन्न स्थानमा आएको प्राकृतिक विपद् तथा बाढीका कारण पहेंलो गुम्बामा आश्रय लिइरहेका प्रभावित परिवारहरूको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग उपलब्ध गराएको हो। प्रभावित परिवारका लागि दुई तल्ले खाट आवश्यक रहेको पहिचान भएपछि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ६ थान बंक बेड उपलब्ध गराएको जनाएको छ। यस सहयोगबाट राहत तथा आश्रयस्थलमा बसोबास गरिरहेका प्रभावित परिवारलाई थप सहजता पुग्ने बैंकको विश्वास छ। यसअघि पनि प्रभु बैंकले विनाशकारी बाढीका कारण प्रभावित तथा ... The post प्रभु बैंकद्वारा पहेंलो गुम्बामा ६ थान बंक बेड हस्तान्तरण appeared first on Kalika Khabar.