६ हजार २०९ नमुनाको विषादी परीक्षण, सबै अनुकूल

  • शुक्रबार​ २ असो २०८३ ०३:५० PM
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा तरकारी, फलफूल तथा चामलका ६ हजार २०९ नमुना परीक्षण गरेको जनाएको छ। विभागका अनुसार परीक्षण गरिएका नमुनामध्ये कुनै पनि नमुना प्रतिकूल भेटिएको छैन। विभाग तथा मातहतका प्रदेशस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरू र विभिन्न नाकामा रहेका खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमार्फत भदौ १ गतेदेखि ३१ गतेसम्म तरकारी, फलफूल तथा चामलमा जीवनाशक विषादी परीक्षण गरिएको हो। विभागका अनुसार परीक्षणमा द्रुत विषादी परीक्षण विधि (RBPR) तथा ग्यास क्रोमाटोग्राफी मास स्पेक्ट्रोस्कोपी–मास स्पेक्ट्रोस्कोपी (GCMS-MS) विधि प्रयोग गरिएको थियो। कुल ६ ... The post ६ हजार २०९ नमुनाको विषादी परीक्षण, सबै अनुकूल appeared first on Kalika Khabar.