प्रज्ञा प्रतिष्ठानले यही असोज १२ गतेदेखि २३ गतेसम्म बृहत् पुस्तक प्रदर्शनी गर्ने

  • शुक्रबार​ २ असो २०८३ ०३:४६ PM
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तकहरूको प्रवद्र्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ । पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले प्रतिष्ठानको आयोजनामा यही असोज १२ गतेदेखि २३ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा बृहत् पुस्तक प्रदर्शनी–२०८३ आयोजना गर्न लागिएको प्राज्ञ परिषद् सदस्य नवीन