महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले नौ सङ्कायका डिन नियुक्तका लागि खुला प्रतिस्पर्धामा सहभागिताका लागि आवेदन खुला गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयअन्तर्गत पदाधिकारी सिफारिस समितिले सूचना जारी गर्दै १० दिनभित्र नौ सङ्कायका लागि डिन, केन्द्रीय क्याम्पसका लागि प्रिन्सिपल तथा भाषा, साहित्य तथा संस्कृति केन्द्र र अन्तरराष्ट्रिय सम्बन्ध केन्द्रका लागि निर्देशक पदका लागि आवेदन