काठमाण्डु– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो । समितिले भोटेकोशी बाढी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ । ऊर्जा मन्त्रालयअन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रुपमा गरेको अध्ययनमा विभिन्न नामहरु छलफलमा