होटेल सब्रिनाको आठौँ वार्षिक साधारणसभा सम्पन्न, २०२७ भित्र ‘ट्राइब काठमाडौं’ सञ्चालनमा आउने

  • शुक्रबार​ २ असो २०८३ ०२:५३ PM
काठमाडौं । होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष निराजन थापाको अध्यक्षतामा शुक्रबार असोज २ गते होटेल सब्रिनामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष थापाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणलगायतका आर्थिक विवरणसमेत पारित गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावसमेत साधारणसभाले पारित गरेको छ। कम्पनीका अनुसार आर्थिक ... The post होटेल सब्रिनाको आठौँ वार्षिक साधारणसभा सम्पन्न, २०२७ भित्र ‘ट्राइब काठमाडौं’ सञ्चालनमा आउने appeared first on Kalika Khabar.