नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

  • शुक्रबार​ २ असो २०८३ ०७:२९ PM
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो । यसअघि श्रेष्ठ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक तथा निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएपछि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएका थिए । त्यसपछि कार्यकारी निर्देशक पद रिक्त रहेको थियो ।