बंगलादेशका अलीले कर्णाली याक्सबाट एनपिएल खेल्ने

  • शुक्रबार​ २ असो २०८३ ०१:२० PM
काठमाडौं । बङ्गलादेशका क्रिकेट खेलाडी अकबर अलीले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णाली याक्सले आज सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । चौबीस वर्षीय अली सन् २०२० मा बङ्गलादेशले पहिलोपटक जितेको आइसिसी यु–१९ विश्वकप विजेता टोलीका कप्तान हुन् । दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई