रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन

  • शुक्रबार​ २ असो २०८३ ०१:४५ PM
काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) को ४१औँ साधारणसभाले निमेश रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेफेजको आज सम्पन्न ४१औँ साधारणसभाबाट अध्यक्षमा रेग्मीका साथै उपाध्यक्षमा सुवोध गौतम, महासचिवमा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्वाचित भएका छन् । अध्यक्षका लागि मात्र भएको निर्वाचनमा रेग्मीले निकटतम प्रतिस्पर्धी सविन शर्मालाई पराजित गरेका हुन् ।