अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई समयअनुकूल बनाउँदै नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार दुई देशबीचको साझेदारीलाई थप प्रभावकारी बनाउन अपरिहार्य रहेको बताए।