यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा

  • शुक्रबार​ २ असो २०८३ ०६:४७ PM
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानवीय तथा भौतिक क्षतिको विषय संयुक्त राष्ट्र संघ (यूएन) को मञ्चमा तथ्यसहित उठाउनुपर्ने बताएका छन् । शुक्रबार कांग्रेसको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै शर्माले प्रधानमन्त्रीले यूएनमा नेपालको विपद्, जलवायु परिवर्तनका कारण भएको क्षति, कार्बन उत्सर्जनमा नेपालको न्यून योगदान तथा हिमताल विस्फोटको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए । ‘प्रधानमन्त्रीजीले जलवायु परिवर्तनको कारण हामीले भोग्नुपरेको मानवीय र भौतिक क्षतिको तथ्यपूर्ण विवरण राख्नुपर्छ,’ उनले भने। शर्माले मृत्यु र बेपत्ताको तथ्यांकसँगै प्रभावित परिवार तथा बालबालिकाले भोगिरहेको पीडालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने बताए। उनले राष्ट्रिय बाल अधिकार परिषद्को प्रतिवेदनमा ४९ जना बालिका र ५३ जना बालकले दुवै अभिभावक गुमाएको उल्लेख रहेको बताए । ‘क्षति भनेको देखिएको भौतिक क्षति मात्रै होइन, हाम्रो सम्भावनाको क्षति पनि यसलाई जोड्नुपर्छ,’ उनले भने। शर्माले विपद्बाट घर, सडक, विद्यालय, अस्पताल तथा विद्युत् आयोजनामा भएको क्षतिको विवरण तयार गरी यूएनमा प्रस्तुत गर्नुपर्ने बताए । त्यसका लागि नीति प्रतिष्ठानले डा