जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा

  • शुक्रबार​ २ असो २०८३ ०६:५० PM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई राष्ट्रिय सुरक्षा र नेपालको अन्तर्राष्ट्रिय कूटनीतिसँग जोडेर हेर्नुपर्ने बताएका छन् । शुक्रबार कांग्रेसको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाललाई जलवायु परिवर्तनका विषयमा नयाँ ढंगले सोच्नुपर्ने सन्देश दिएको बताए । उनले भने, ‘हामीले हाम्रो नेसनल सेक्युरिटीको कुरा अर्कै कोठामा बसेर, क्लाइमेट चेन्जको कुरा अर्कै कोठामा बसेर गर्ने, कूटनीतिको कुरा अर्कै कोठामा बसेर गर्ने के यो सुविधा हामीसँग छ