काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीले राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर असर पारेको भन्दै तत्काल विशेष आर्थिक सुधार प्याकेज ल्याउन सरकारलाई सुझाव दिइएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले गठन गरेको रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिले यस्तो सुझाव दिएको हो । शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै