काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो । श्रेष्ठ यसअघि प्राधिकरणमा कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । लामो समयदेखि विद्युत् उत्पादन, प्रसारण, वितरण तथा ग्रिड सञ्चालन क्षेत्रमा काम गर्दै आएका उनी अब प्राधिकरणको स्थायी