काठमाडौं । काठमाडौं विश्वविद्यालयको चिकित्सा विज्ञान अध्ययन संस्थानको डिनमा प्रा.डा.दीपक कुँवर नियुक्त भएका छन् । विश्वविद्यालय कार्यकारी परिषद्को हालै सम्पन्न बैठकले प्रा.डा कुँवरलाई डिनमा नियुक्त गर्ने निर्णय गरेको हो । चिकित्सा शिक्षा तथा प्राज्ञिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका डा. कुँवरले केयु तथा चिकित्सा विज्ञान अध्ययन संस्थानका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । डा.