डा. मंचल झा श्रीलंकाका लागि प्रस्तावित राजदूतका रूपमा सिफारिस भएकी छन्। सुशासन, सार्वजनिक नीति तथा संक्रमणकालीन न्यायको क्षेत्रमा लामो अनुभव भएकी झाले सत्य, न्याय र मेलमिलापका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। उनी सन् २०१५ देखि २०१९ सम्म नेपालको सत्य निरूपण तथा मेलमिलाप आयोगको आयुक्तका रूपमा कार्यरत थिइन्। सो क्रममा उनले संक्रमणकालीन न्यायसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय