नवीन सोचका साथ स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह

  • शुक्रबार​ २ असो २०८३ ११:२० AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बालेनले आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि रोजगारी सिर्जना गर्न उनले जेनजी सांसदहरूलाई आग्रह गरेका हुन् । अन्तरक्रियाका क्रममा प्रधानमन्त्रीले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्यो भन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आव्हान गरे । यसका लागि उनले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यावहारिक सोच त्याग्न सुझाव दिए । साथै, राजनीतिलाई पेशा नबनाई ... The post नवीन सोचका साथ स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह appeared first on Kalika Khabar.