सिप्रदी यात्री पी २ को मूल्य सार्वजनिक, सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय

  • शुक्रबार​ २ असो २०८३ ११:५२ AM
काठमाडौं । सिप्रदी यात्रीले आफ्नो नयाँ विद्युतीय स्कुटर ‘यात्री पी २’ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपालमै इन्जिनियरिङ तथा उत्पादन हुने विद्युतीय मोबिलिटीको विकासमा पी २ अर्को महत्वपूर्ण उत्पादन भएको कम्पनीले जनाएको छ। नेपालका विविध तथा चुनौतीपूर्ण सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको पी २ शहरी आवतजावतमा मात्र सीमित नरहेको कम्पनीको भनाइ छ। उकालो तथा घुम्ती सडक, शहरको दैनिक ट्राफिकदेखि लामो दूरीको यात्रालाई ध्यानमा राख्दै स्कुटरमा कार्यक्षमता, रेन्ज, चार्जिङ सुविधा, कनेक्टिभिटी र राइडरकेन्द्रित प्रविधि समेटिएको छ। पी २ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ ... The post सिप्रदी यात्री पी २ को मूल्य सार्वजनिक, सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय appeared first on Kalika Khabar.