संस्कृति, प्रकृति र आत्मगौरवको संगम बन्दै आठपहरिया घरबास

  • शुक्रबार​ २ असो २०८३ ११:२९ AM
धनकुटा । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक संस्कृतिको मिठासको सङ्गम रहेको ठाउँ हो धनकुटाको स्याउले । धनकुटा नगरपालिका–३ मा पर्ने स्याउले पुगेपछि पर्यटन भनेको घुमफिरमात्रै नभएर जीवनशैली, परम्परा र पहिचानसँगको गहिरो सम्बन्ध रहेको महसुस हुन्छ । यहाँको संस्कृति, प्रकृति र पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आठपहरिया समुदायले सञ्चालन गरेको ‘स्याउले सिप्तिङ