काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयलाई प्रभावकारी रूपमा उठाउन सरकारलाई आग्रह गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘द ग्रीन टेबल’को १८औँ श्रृंखला ‘हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा थापाले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको