काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना राजनीतिक दल र नेताहरूले ३५ वर्षमा केही काम नगरेको भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पार्ने काम भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सामाजिक सञ्जालका अल्गोरिदममार्फत पुराना दल र नेताहरूले गरेका कामबारे