काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैँ तिहारपछि सरकारविरूद्व आन्दोलनमा जाने तयारी भइरहेको बताएका छन् । अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सरकारको दमन बढेको भन्दै त्यसका विरूद्व आन्दोलनमा जाने तयारी भइरहेको बताएका हुन् । उनले भने, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। त्यहाँ संयुक्त रूपले आवाज उठाउँछौँ। सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ। त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा ... The post सरकारको दमनविरूद्व दशैँ तिहारपछि आन्दोलनमा जान्छौँ : प्रचण्ड appeared first on Kalika Khabar.