२१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजनामा ३ अर्ब ४२ करोडको ऋण लगानी

  • शुक्रबार​ २ असो २०८३ १०:५८ AM
काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २१ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ। आयोजना निर्माणको कुल लागत ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ। जसमध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अगुवाइमा नेपाल बैंक लिमिटेड र नेपाल पूर्वाधार विकास बैंक लिमिटेडले ३ अर्ब ४२ करोड रुपैयाँ सहवित्तीयकरण कर्जा उपलब्ध गराउने सम्झौता भएको हो। बाँकी रकम प्रवर्द्धक कम्पनीले स्वपुँजीमार्फत व्यवस्थापन गर्नेछ। सम्झौताअनुसार सहवित्तीयकरण कर्जामा राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ४२ करोड रुपैयाँ, नेपाल बैंकको १ अर्ब रुपैयाँ र नेपाल पूर्वाधार विकास बैंकको १ अर्ब रुपैयाँ लगानी रहनेछ। आयोजनाको ... The post २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजनामा ३ अर्ब ४२ करोडको ऋण लगानी appeared first on Kalika Khabar.