काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल ल्याण्ड एन्ड हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै ग्राहकका लागि विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले बेसरेटमा थप ०.२५ प्रतिशत ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ। पहिलो घर कर्जाको हकमा भने अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सकिनेछ। चाडपर्वको अवसरमा आफ्नै घरको सपना पूरा गर्न चाहने ग्राहकलाई सहज वित्तीय अवसर प्रदान गर्ने उद्देश्यले योजना ... The post मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना, बेसरेटमा थप ०.२५ प्रतिशत ब्याज appeared first on Kalika Khabar.