प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

  • शुक्रबार​ २ असो २०८३ १०:५१ AM
काठमाण्डु– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत हुने उच्चस्तरीय सप्ताहमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क जाँदै छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क प्रस्थान गर्नेछन्। उनले २४ सेप्टेम्बरमा महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम