पूर्व प्रधान सेनापतिसहित १३ जना राजदूतका लागि सिफारिस [सूचीसहित]

  • शुक्रबार​ २ असो २०८३ १०:४२ AM
काठमाडौं । सरकारले अमेरिका, भारत र चीनसहित विभिन्न १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस भएका राजदूतहरूलाई अब सरकारले संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउनेछ । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारले सम्बन्धित मुलुकहरूमा सहमतिका