काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन तथा प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा भएको क्षतिको राहत तथा क्षतिपूर्ति प्रदेश सरकारमार्फत उपलब्ध गराइँदै आएको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसद रुक्मिणी कोइरालाले जलवायु परिवर्तन, बाढीपहिरो, खडेरी, असिना तथा अतिवृष्टिलगायत विपद्बाट प्रभावित किसानको संरक्षण, राहत, क्षतिपूर्ति र कृषि बीमाको पहुँच विस्तारबारे सरकारको नीति,