ब्राह्मण कल्याण परिषद् नेपाल च्याप्टरको अध्यक्षमा खेम शर्मा

  • शुक्रबार​ २ असो २०८३ ०२:२७ PM
काठमाडौं । विश्व ब्राह्मण कल्याण परिषद् नेपाल च्याप्टरको अध्यक्षमा अर्घाखाँचीको मालारानी गाउँपालिकामा जन्मिएका तथा हाल काठमाडौंमा बसोबास गर्दै आएका उद्यमी खेम शर्मा निर्वाचित भएका छन्। सामाजिक तथा व्यावसायिक क्षेत्रमा काम गर्दै आएका शर्मा विश्व ब्राह्मण कल्याण परिषद् नेपाल च्याप्टरको अध्यक्षमा निर्वाचित भएका हुन्। विश्व ब्राह्मण कल्याण परिषद् अन्तर्राष्ट्रिय संगठन हो। परिषद्ले नेपाल च्याप्टरमार्फत विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ। नवनिर्वाचित अध्यक्ष शर्माले संस्थाको मूल लक्ष्यअनुसार सामाजिक, सांस्कृतिकलगायतका गतिविधिलाई निरन्तरता दिने बताएका छन्। आगामी दिनमा संस्थाको पहिचानलाई थप उच्च बनाउन निरन्तर काम गर्ने उनको भनाइ छ। शर्माले बुटवल, काठमाडौंलगायत ठूला सहरमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्। उनले आफ्ना व्यवसायमार्फत युवालाई रोजगारीसमेत प्रदान गर्दै आएका छन्।