माथिल्लो त्रिशूली–१ टनेलमा भेटियो ६ जनाको शव

  • शुक्रबार​ २ असो २०८३ ०२:३२ PM
काठमाडौं । खोज तथा उद्धारका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा ६ जनाको शव भेटिएको छ। अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा ६ वटा शवहरू भेटिएको नेपाली सेनाले जनाएको छ।  ‘माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा फेला परेका ६ वटा शवहरूलाई ग्राइन्डर, ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको छ,’ सेनाले भनेको छ।  टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी कार्य भइरहेको सेनाले जनाएको छ।