एक केजी बढी सुनसहित भारतीय नागरिक पक्राउ

  • शुक्रबार​ २ असो २०८३ ०९:०४ AM
काठमाडौं । काठमाडौंबाट एक केजी बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको भेडासिंहबाट १ केजी ४ सय ग्राम अवैध सुनसहित भारतीय नागरिक माणिक दासलाई पक्राउ गरेको हो । उनको साथबाट ७ लाख ५० हजार नगद समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । The post एक केजी बढी सुनसहित भारतीय नागरिक पक्राउ appeared first on Kalika Khabar.