नेपाल–भारत व्यापार तथा पारवहन सहकार्यबारे नयाँदिल्लीमा छलफल

  • शुक्रबार​ २ असो २०८३ ०८:४१ AM
नेपाल र भारतबीच व्यापार, पारवहन तथा अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठक नयाँदिल्लीमा सम्पन्न भएको छ। सेप्टेम्बर १६ र १७ मा भएको बैठकमा दुई देशबीचको व्यापार तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको हो। बैठकमा बजार पहुँच विस्तार, व्यापार सहजीकरण तथा भन्सारसम्बन्धी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।