काठमाण्डु – चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल र चीनका सीमावर्ती अधिकारीहरूबीच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ। तीन दिनसम्म बसेको बैठकमा सीमा अपराध नियन्त्रण, व्यापार सहजीकरण तथा कैलाश मानसरोवर यात्रालाई सहज बनाउनेलगायतका विषयमा गहन छलफल भएको छ। पुलान काउन्टीको स्थानीय प्रशासनले आयोजना गरेको बैठकमा नेपालका तर्फबाट बझाङ र हुम्ला जिल्लाका सुरक्षा निकायका