काठमाण्डु – भोटेकोशी बाढीले क्षातिग्रस्त रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा खोजी कार्य जारी रहेको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित आयोजनाको सुरुङमा नेपाली सेनाको नेतृत्वमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ । खोजीका क्रममा उद्धार टोलीले अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा