एक अर्ब ५७ करोडभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

  • शुक्रबार​ २ असो २०८३ ०८:०२ AM
सुनसरी । एक अर्ब ५७ करोडभन्दा बढी रकम हुण्डीमार्फत कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय