त्रिशूली हाइड्रोको अडिट–३ टनेलमा ६ शव फेला

  • शुक्रबार​ २ असो २०८३ ०८:१२ AM
रसुवा । भोटेकोशी बाढीपछि थुनिएको त्रिशूली हाइड्रोको परियोजना–१ भित्र ६ वटा शव फेला परेका छन् । नेपाली सेनाका अनुसार संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारेको हो । सेनाले ग्रिन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी शवहरू बाहिर निकालिएको जनाएको