नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन गर्न नमानेपछि चार जिल्ला सभापतिको जिम्मेवारी खोसिएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो । जिम्मेवारी खोसिए पनि उनीहरूको सभापति पद भने कायमै रहने दुलालले जानकारी दिएका छन् । निर्णयअनुसार कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र