बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पानकोट पुलको पश्चिम किनारामा रहेको रेलिङमुनिबाट ती महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जयपृथ्वी नगरपालिका-३ पडेष गाउँकी ४२ वर्षीया विमला