काठमाण्डु– भोटेकोशी बाढीमा बेपत्ता भएका बासुदेव लामिछाने ‘विश्वास’ को अझै अत्तोपत्तो छैन । रसुवाको उत्तरगया गाउँपालिका–४ भलायोडाँडा चौरखर्कका बासिन्दा बासुलाई गत १० भदौको विनाशकारी भोटेकोशी बाढीले चिलिमे भन्सार क्षेत्रबाट बगाएपछि परिवारले निरन्तर खोजी गरिरहेको छ । बासु काठमाण्डुमा अध्ययनरत थिए । उनका दाजु माधव लामिछाने विद्यार्थी जीवनदेखि नै माओवादी राजनीतिमा सक्रिय थिए । दाजुको राजनीतिक