रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन रहेका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा ६ वटा शव फेला परेका छन्। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ टनेलभित्र खोजी गर्दा ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा शव फेला पारेको हो। ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी टोलीले ६ वटै शव टनेलबाट बाहिर