फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

  • शुक्रबार​ २ असो २०८३ ०७:१२ AM
सपना हो कि विपना हो यो, के हो जिन्दगी ? छिनको छिनै बदलियो, के भो जिन्दगी ?’ चर्चित गजल गायक थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर तथा प्रभा बर्तौलाको शब्द रहेको यो गीतका हरफले जीवनको अनिश्चितता र एकाएक बदलिने परिस्थितिको पीडा बोल्छन् । यतिबेला यी हरफ दोलखाको कालिका खड्काको जीवनसँग ठ्याक्कै मिलेजस्तो भएको छ ।